सन्तोषीलाई स्वर्ण


अगर बत्ती

Dharana    

access_time 25 Jun 2022

काठमाडौँ-  ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा आर्मीका मुकेश पालले ३ मिनेट ५७.७ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन्। १९ औं दक्षिण एशियाली खेलकुदकी कीर्तिमानी स्वर्ण विजेता सन्तोषी चार महिना यता चोटग्रस्त थिइन् । राष्ट्रिय कीर्तिमान तोड्न भने सकिनन् ।   

तीन दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ आर्मीकी पूर्ण लक्ष्मी न्यौपानेले ४ मिनेट ५८ दशमलव ०२ सेकेण्डकासाथ रजत पदक हात पार्दा एपीएफकी आशा राउतले ५ मिनेट ०५ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै कास्य जितिन् । 

यसै प्रतिष्पर्धाको पुरुषतर्फ रजत जितेका एपीएफका अजित भण्डारीले दूरी पार गर्न ३ मिनेट ५८ दशमलव ८ सेकेण्डको समय खर्च गरे । कास्य पदक आर्मीका सुनिल सुनारले जिते । उनले ४ मिनेट ०१ दशमलव ७ सेकेण्डको समय खर्च गरे । नेपाल एथलेटिक्स संघको आयोजनामा शुक्रवारबाट शुरु भएको प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ विधामा सात प्रदेश र तीन विभागका खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।



Share Your Thoughts