स्याम्पुको बट्टामा लुकाएर ल्याएको १ सय ग्राम सुन बरामद


अगर बत्ती

Dharana    

access_time 25 Jun 2022

स्याम्पुको बट्टामा लुकाएर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।

शुक्रवार बिहान ओमनबाट ल्याएको १ सय ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।     

सलाम एयरवेजको उडान नम्बर–४२७ मार्फत काठमाडौं आएका सिरहाका निरन्जन कुमार सिंहले स्याम्पुको झोलामा मिसाएर सो सुन ल्याएका हुन् ।

सो सुन बरामद गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए ।



Share Your Thoughts