एकैदिन कोरोना संक्रमित ४३ जना थपिए


अगर बत्ती

Dharana    

access_time 24 Jun 2022

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो ।   पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १७७ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।   यस्तै कोरोनाका १ जना विरामीको भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयले जनाएको छ ।   शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०९ पुगेको छ ।   योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ३५६ जना संक्रमणमुक्त भएका छन् ।



Share Your Thoughts