अम्बिका थापाको ‘सुगर फ्री’ सार्वजनिक


अगर बत्ती

Dharana    

access_time 24 Jun 2022

काठमाडाैं । अम्बिका थापा निर्मित सुन्दर म्यजिक भिडियो त्रिमूर्ति ईन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । 

 गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘सुगर फ्रि’ गीतमा डि पि खनालको शब्द, युवा पुस्ताका चल्तिका संगतिकार राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ । 

 मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी श्रीदेब भटराईको अभिनय रहेको छ ।  नवराज उप्रेतीको छायांकन, बिमला तमाङको मेकअप, दिपक सिंहको कोरियोग्रफी, बिकास ज्ञवालीको सम्पादन रहेको भिडियो संगीतकार राजेन्द्र  बजगाईले निर्देशन गरेका हुन् ।




Share Your Thoughts