पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघको मसाल जुलुस


अगर बत्ती

Dharana    

access_time 24 Jun 2022

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघ नेपालले मसाल जुलुस निकालेको छ। 



युवा संघले बिहीबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। जुलुसमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गरेका छन्।   अहिले पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ पुगेको छ। 

पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारको चौतर्फी विरोध भइरहेको छ। सरकारले भने रुस–युक्रेन युद्धको प्रभावका कारण मूल्य बढेको बताएको छ। तर सरकारले कर घटाएर मूल्य समायोजन गर्नुपर्ने आवाज उठिरहेको छ।



Share Your Thoughts