१ सय ५ वर्षीया हजुरआमाकाे यस्ताे कीर्तिमान


अगर बत्ती

Dharana    

access_time 23 Jun 2022

     काठमाडौं । एउटा भनाइ छ, ‘उमेर मात्र एक संख्या हो।

जोश र आँट भए कुनै काम गर्न उमेरले छेक्दैन ।’ यो भनाइलाई हरियाणाकी १०५ वर्षीया राम बाईले साबित गरेकी छन् । उनले बडोदरामा भएको १०० मिटर दौडमा नयाँ कीर्तिमान बनाएकी हुन् ।   

द इन्डिया टुडेको रिपोर्टअनुसार हरियाणाको चरखी दादरी निवासी राम बाईले गत साता भारतको राष्ट्रिय एथलेटिक्स महासंघले आयोजना गरेको ‘राष्ट्रिय खुला मास्टर्स एथलेटिक्स च्याम्पियनसिप’ मा १०० मिटर दौड ४५.४० सेकेन्डमा पूरा गरी नयाँ कीर्तिमान रचेकी हुन् । 

यसअघि २०१७ मा आयोजित वर्ल्ड मास्टर्स गेममा १०० मिटरभन्दा बढी स्प्रिन्टको लागि स्वर्गीय मान कौरले ७४ सेकेन्डमा दौड पूरा गरी राष्ट्रिय कीर्तिमान रचेका थिए ।



Share Your Thoughts