काठमाडाैं । नेपालको जात्रा पात्रा लगायतया संस्कृतिलाई संरक्षण सम्बद्धन गर्ने उद्देश्यका साथ नेपालभाषाको पृथक शैलीको सिलाचह्रे पाहचह्रे म्यूजिक सार्वजनिक भएको छ ।
यस म्यूजिक भिडियोमा माइकल शाही, राजेन्द्र डंगोल, सुजाता डंगोल, मनिक शाही अले सस्वती मानन्धरहरुले सामूहिक रुपमा गीत गाएका छन् ।
यस म्यूजिक भिडियो गीतको शब्द रचनाकार इन्द्रमान महजन हुन भने म्येया एरेजन्जर शिव शाही, क्यामेरा रवि जोशी रहेका छन् ।
कान्तिपुर मेलोडी ग्रूपको प्रस्तुत गरेको यस म्यूजिक भिडियोमा रवि जोशी, किशोरकुमार श्रेष्ठ रोशनी, भुवनेश्वरी कुमार सैजूं, अर्जुन पोखेरेल, नेहा (दिम्पल) नेपाली शिव शाही भगवती भण्डार मोडेल भइ अभिनय गरेका छन् ।
नेवाः सांगितिक क्षेत्रमा पाश्चात्य शैलीको तथा नेवार बाजागाजा प्रयोग गरिएको कारण बेग्लै सांगितिक स्वाद पाउन सकिन्छ ।