जसवन्तदेव श्रेष्ठकाे सरस्वती पूजाको कथाले जित्यो एमी अवार्ड


अगर बत्ती

Dharana    

access_time 20 Jun 2022

काठमाडौं । सरस्वती पूजामाथि जसवन्तदेव श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘फेस्टिभल अफ सरस्वती पूजा‘ले हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित एमी अवार्ड जितेको छ ।  नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले ट्रफी उचाले ।   

उनको यो सांस्कृतिक फिल्मले ‘आउटस्ट्यान्डिङ अचिभमेन्ट इन द रेलिजियन’ विधामा जित हासिल गरेको हो । क्यालिफोर्नियाको पाम स्प्रिङमा आयोजित एमी समारोहमा उनले ट्रफी उचाल्दै आफूलाई मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिए । 

श्रेष्ठ निर्देशित चलचित्रले ज्ञान र कलाकी माता मानिने सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गर्छ । नेपाली संस्कृतिलाई जोगाउने अभियानको रुपमा आफू अझै अघि बढ्ने उनलेजनाए ।   

जितपछि जारी प्रेस विज्ञप्तिमा उनले फिल्ममार्फत नेपाली संस्कृतिलाई संरक्षण र अघि बढाउन आफूलाई ऊर्जा मिलेको बताएका छन् ।  जसवन्तले राजवल्लभ कोइराला अभिनित र रिक म्याकफारल्यान्डले निर्देशन गरेको फिल्म ‘हाइवे टु धम्पुस’मा पनि काम गरिसकेका छन् । एमी अवार्ड टेलिभिजनतर्फ, ग्रामी अवार्ड संगीत क्षेत्र, ओस्कार अवार्ड चलचित्र क्षेत्र र टोनी अवार्ड थियटर क्षेत्रका विश्व प्रतिष्ठित अवार्डहरु हुन् ।



Share Your Thoughts