ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धति योजना ल्यायाे


अगर बत्ती

Dharana    

access_time 20 Jun 2022

काठमाडाैं । ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धति योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन्।   

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धति खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ। यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट खोल्न सकिने छ। साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ। 

ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दीर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।



Share Your Thoughts