काठमाडौं । नेपाल बैंकको सञ्चालकमा केदारनाथ शर्मा नियुक्त भएका छन् । अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा सञ्चालक रहेका रितेशकुमार शाक्यको स्थानमा शर्मा नियुक्त भएका हुन् ।
सञ्चालक शर्माले गत शुक्रबार अध्यक्षबाट पद तथा गोपनियकताको सपथ लिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् ।