नेपालभाषा र तामाङ भाषाका लागि आन्दोलन गर्ने


अगर बत्ती

Dharana    

access_time 19 Jun 2022

काठमाडाैं । नेपालभाषा र तामाङ भाषाका लागि आन्दोलन गर्ने  नेवा देय् दबू स्वनिगः विशेष प्रदेश, नेपाल तामाङ घेदुङ बागमती प्रदेश र नेवाः देय् दबू बागमती प्रदेशको संयुक्त बैठक वागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भयो ।

असार ३ गते भएको सो बैठकले वागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई भाषा आयोगको सिफारिस अनुसारका कामकाजि भाषाको रुपमा लागू गर्न प्रदेशले कानुन बनाउनु पर्ने कामलाई अहिले सम्म पनि बेवास्ता गरेका कारण आन्दोलन गर्न बाध्ये हुने सो बैठकले ठहर गरेको छ ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लीला कुमार घलान र नेवाः देय् दबू वागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन लगायत प्रदेश स्तरका कमिटीका नेतृत्व सहभागी भएका थिए । असार महिना भित्र आन्तरिक तयारी गर्ने र साउन महिनादेखि आन्दोलन गर्ने निर्णय समेत गरेको थियो । साथै बैठक पछि विज्ञप्ति समेत जारी गरेको थियो ।

यस्ताे छ संयुक्त विज्ञप्ती

 



Share Your Thoughts