कोभिडविरुद्धको पेडियाट्रिक खोप आइपुग्याे


अगर बत्ती

Dharana    

access_time 19 Jun 2022

काठमाडौं । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउने २२ लाखभन्दा बढी कोभिडविरुद्धको फाइजर (पेडियाट्रिक) खोप आज काठमाडौं आइपुगेको छ ।  स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दिन मिल्ने फाइजरको २२ लाख तीन हजार मात्रा खोप आज काठमाडौं आइपुगेको जानकारी दिनुभयो । 

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारको अनुदानमा सरकारले करिब ८४ लाख डोज खोप पाउनेमध्ये २२ लाख खोप आज प्राप्त गरेको हो । 

उक्त खोप आगामी असार ९ देखि १५ गतेसम्म २७ जिल्लामा सुरु हुने पहिलो चरणका खोप अभियानका लागि प्रयोग हुने चौरासियाले बताउनुभयो । सरकारले कुल ३९ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।



Share Your Thoughts