नेपाल र कुवेतको खेल आज दिउसो १२ः४५ बजे हुने


अगर बत्ती

Dharana    

access_time 18 Jun 2022

एसीसी महिला टी-२० च्याम्पियनसिपमा आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्न लागेका छन्।  मलेसियाको क्वालालम्पुरमा नेपाल र कुवेतको खेल आज दिउसो १२ः४५ बजे हुनेछ। एसीसी च्याम्पियनसिपमा नेपालको यो दोस्रो खेल हो। 

पहिलो खेलमा नेपालले शुक्रबार भूटानलाई ५० रनले पराजित गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भूटान ४४ रनमै समेटिएको थियो।  समूह ‘बी’ मा रहेको पहिलो खेलमा जित हासिल गरेसँगै दुई अंक सहित तालिकाको शीर्षस्थानमा छ। बहराइन र कुवेत भने शुक्रबार बराबरी खेलर एक-एक अंक सहित दोस्रो र तेस्रो स्थानमा छन्। 

भूटानले अंक जोड्न सकेको छैन भने हङकङ आज बहराइनसँग भिड्दै छ।  नेपाल र कुवेतबीच अहिलेसम्म दुई खेल भएका छन्। जसमा नेपालले दुवै खेल जितेको छ। सन् २०१९ मा भएको पहिलो खेल ३० रनले जितेको थियो भने भने गत वर्ष भएको दोस्रो खेल नौ विकेटले जितेको थियो।



Share Your Thoughts