एसपिपीका लागि पत्र लेख्दा मलाई जानकारी दिइएन : ओली


अगर बत्ती

Dharana    

access_time 18 Jun 2022

काठमाडौँ – पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले एसपिपी सम्झौता अघि बढाउँदा आफूलाई जानकारी नदिएको गुनासो गरेका छन्।

२०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारको अनुमतिअनुसार एसपिपी संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि त्यसबेला प्रधानमन्त्री रहेका ओलीले आफूलाई जानकारी नै नदिइएको बताएका हुन्।

शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिशक्षण कार्यक्रममा ओलीले ओलीले आफूभन्दा अघिल्ला प्रधानमन्त्रीको स्वीकृति अनुसार पत्र गएको बताउँदै एसपिपी आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्।

२०७२ असोज १३ गते रक्षा मन्त्रालयले जंगी अड्लाई एसपिपीमा आबद्ध हुन अनुमति प्रदान गरेको थियो। जति बेला सुशील कोइराल प्रधानमन्त्री थिए।

ओली असोज २४ गते प्रधानमन्त्री भए भने कात्तिक १० गते सरकारको अनुमतिमा भन्दै क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका थिए।

आफू प्रधानमन्त्री हुँदा पत्र गएको तथ्य सार्वजनिक भएपछि ओलीले भने, ‘हामी कतै पनि बताइएन। २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए। तर कात्तिक १० गते ९कात्तिक०मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्। ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला। जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीको पालामा एसपिपीमा आबद्ध हुने प्रक्रिया अघि बढेको दाबी गरेपछि ओलीले त्यसमा उनको संलग्नता रहेको दाबी गरेका छन्।

ओली दोस्रोपटक २०७४ वैशाखमा दाहाल प्रधानमन्त्री हुँदा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको दाबी गरे। दाहालले ओलीमाथि आरोप लगाए पनि त्यसबेला माओवादी पनि सरकारमा सहभागी थियो।

उनले आफ्नो आफू नेतृत्वको सरकारले एसपिपीमा सहभागी हुने प्रक्रिया रोकेको र त्यसबारे छानबिन समिति बनाएर काम गरेको उल्लेख गरे।



Share Your Thoughts