प्रतिनिधि सभा स् शून्य समयमा कुन सांसदले के भने ?


अगर बत्ती

Dharana    

access_time 18 Jun 2022

काठमाडौं- प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पाटर्नरसिप कार्यक्रमलाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गरेका छन्। उनले शुक्रबार संसद्को शून्य समयमा बोल्दै हस्ताक्षर गरेको पत्र बाहिर आएकाले संसद्‍मा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौती दिने सांसदले चुनौती स्वीकार गर्न आग्रह गरे। 

हिजो संसद्‍मा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौती दिने काम गरियो। एक घण्टा पश्चात् नै पत्र सार्वजनिक भएको छ। २०१७ कै हो । चुनौतीका विषयहरु अगाडि बढाउनु हुन्छ की हुँदैन। चुनौती दिने सांसदले चुनौती स्वीकार गर्नु राम्रो  हुन्छ। एसपीपीका बारेमा स्टेट पाटर्नरसिप कार्यक्रम नामकरण गरियो। मेरो प्रस्तावमा यसको नाम सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गरियोस्।’

सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको बताइन्। 

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पाटर्नरसिप प्रोग्राममा प्रधानसेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षा मन्त्रीले गठबन्धनको नेतालाई चुनौती दिने कुरा नैतिकताले नदिने बताइन्। 

सांसद थापाले सांसद्‍मा बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने माग गरिन्। प्रमुख प्रतिपक्षले आफैं गल्ति गरेर आफैँ निहुँ खोज्ने काम गरेको उनको भनाइ छ।

 राजनीतिमा नैतिकता हराएपछि के हुन्छ सभामुख महोदय, जब पानीमा एच टु हटेपछि पानी रहन्छ ररु रहन्न माननीय केपी ओली २०७२ असोज प्रधानमन्त्री बन्नुभयो। प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकाको स्टेट पार्नरसिप प्रोगामबारे २०७२ कात्तिक १० गते पत्रचार गर्नु र सोही सरकारका रक्षा मन्त्रीले संसदमा गठबन्धनको नेतालाई ठाडो चुनौती दिने कुन नैतिकताले दिन्छरु कि थाहा नभएको विषय बोल्नु नै भएन। सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ। आफैँ गल्ति गर्ने आफैँ निहुँ खोज्ने यो के प्रवृति होरु जिम्मेवार हुनु भनेको भएको गल्ति सच्याउनु हो।’

सांसद आशाकुमारी बिकले देशमा गरिब, महिला, बालबालिका र दलितको लागि न्याय हराउँदै गएको बताइन्। उनले अब नेपाली चेली न्याय खोज्न जाने बाटो सरकारले देखाइदिनु पर्ने माग गरिन्। 

सांसद बिकले कञ्चनपुरका सुशील चटोरविरुद्ध १३ वर्षीय बालिका बलात्कार मुद्दा हेरि रहेकी ललितपुरकी सरकारी वकिल संगिता थोकरलाई मुद्दा कमजोर बनाउन नमानेको भन्दै सरुवा गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। 

तत्काल बलात्कार घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिन सरकारसँग उनले माग गरिन्। 

सांसद उमाशंकर अरगरियाले मधेस आन्दोलनका बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे। मधेश आन्दोलनको ठूलो दल, मधेसमा बलियो संगठन भन्ने दलसमेत यो सरकारमा हुँदा समेत सांसदहरुले बारम्बार प्रश्न उठाउँदा सार्वजनिक नभएको उनको भनाइ थियो। 

सांसद अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु मधेशी र थारुमाथिको ठूलो विभेद भएको बताए। 

सांसद खगराज अधिरकारी एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको हो छानबिन गर्न आफूहरु तयार रहेको बताए। 

उनले यो प्रस्ताव मान्न सत्तापक्षका सांसदहरु तयार हो भनेर प्रश्न गरे।  सांसद अधिकारीले त्योबेलाका प्रधानमन्त्री सुशील कोइरालाले लेखेको पत्र सार्वजनिक गर्न चुनौतीसमेत दिए। केपी ओलीले पठाएको पत्र भए ल्याउन चुनौती दिँदै त्यो पत्र सुशील कोइराला सरकारको पालमा भएको दाबी गरे। 

सांसद गजेन्द्रबहादुर महतले गत वर्ष जुम्लामा गएको बाढीले जग्गा बगाएको तर अहिलेसम्म त्यहाँका किसानले राहत नपाएको गुनासो गरे। अहिले त्यहाँका किसान धान रोप्न नपाएर रोइरहेको उनको गुनासो थियो। सांसद महतले गत वर्षको बाढीले किसानको घर,जग्गा बगाएको तर सरकारले किसानलाई पेन्सन दिनेकुरा गरेको बताए। 

सांसद गणेशकुमार पहाडीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा करका दर हेरफेर गर्न सुब्बा र सिए भित्र राखिएको विषयमा संसद्को ठूलो दलले उठाएको विषयलाई वास्ता नगरी सांसदको कामकारबाही अगाडि बढाउनु संसदीय इतिहासमा गम्भीर भूल हुने बताए। प्रतिपक्षले उठाएका विषयलाई बेवास्ता गरेर संसदीय व्यवस्थालाई कमजोर नबनाउन सभामुखलाई उनले आग्रह गरे। सांसद पहाडीले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे। 

सांसद गोपालबहादुर बमले संसदको शून्य समयमा सभामुखले सुन्ने र सांसदहरुले भनिराख्ने काम मात्रै भएको बताए। सांसदले संसद्‍मा उठाएका समस्या सरकारले सुनेर कार्यान्यवन गर्ने काम नगरेको उनको गुनासो थियो। 

विगत चार वर्षदेखि जिल्लाका समस्याका विषयमा कुरा उठाएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको गुनासो छ। 

सांसद जिपछिरिङ लामाले नागरिकता विधेयक तत्काल संशोधन गरेर सबै राजनीतिक दलसँग सहमति गरेर सबै नागरिकले नागरिकता पाउने व्यवस्था गर्न सरकारसँग माग गरे। उनले अहिले रहेको दुई किसिमको निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली परिर्वतन हुनुपर्ने बताए। सांसद लामाले समानुपातिक सांसदलाई बजेट पास गर्ने कोरम पुर्‍याउने मात्रै काम भएको बताए। 

उनले निर्वाचन प्रणाली संशोधन गरेर ८० प्रतिशत सांसद निर्वाचित र २० प्रतिशत मात्रै समानुपातिका प्रणाली लागू गर्न माग गरे।

सांसद झपटबहादुर रावलले अहिलेको गठबन्धनको सरकार काण्डैकाण्डको सरकार भएको टिप्पणी गरे। 

उनले सभ्य समाजको विकास गर्नको लागि संस्कृतिको संरक्षण गर्नुपर्ने तर मुलुकका पर्यटन तथा संस्कृति मन्त्रीले सर्वसाधरण र आफू मातहतका कर्मचारीलाई गरेको व्यवहारले नेपालको सभ्यताको बेइज्जत गरेको बताए। 

सांसद रावलले सरकारका गाली शिरोमणीको उपमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई दिनुपर्ने बताए। 



Share Your Thoughts