यस्तो छ बिहीबारको मौसम


अगर बत्ती

Dharana    

access_time 16 Jun 2022

काठमाडौं– अहिले बिहान प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित  हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार  प्रदेश १, मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। 

हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

बिहीबार दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू(भागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

विभागका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



Share Your Thoughts