अमेरिकामा कर्मथलाे बनाएका भरत सिंह पेलाले जनता रा.मा.वि.का ४० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरे


अगर बत्ती

Dharana    

access_time 14 Jun 2022

काठमाडाैं ।   दशरथ चन्द नगरपालिका-६, कुराला, बैतडीमा जन्मेर धनगढी २ कैलालीमा स्थायी बसोबास भई हाल अमेरिकी सेनामा कार्यरत भरत सिंह पेलाले जनता रा.मा.वि कैलालीगाउँमा अध्ययनरत ४० जना गरिब/जेहेन्दार छात्र छात्राहरूलाई आज जेठ ३१ गते विद्यालय पोषाक तथा स्टेशनरी सामग्री वितरण गरेका छन् । 

श्री जनता रा.मा.वि कैलालीगाउँद्वारा आयोजित उक्त कार्यक्रम विव्यस अध्यक्ष विनोद पन्तको अध्यक्षता र वडा नं. १३ का प्रतिनिधि लाल बहादुर चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

आर्थिक समस्याका कारण कुनै विद्यार्थीले शिक्षा बाट वञ्चित हुन नपरोस् र सबैले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने उच्च सहयोगी भावना राख्ने पेलाले यसभन्दा अघि पनि जाजरकोट, नेपालगञ्ज, काठमाडौं लगायत विभिन्न स्थानमा यस्तो सहयोग प्रदान गर्दै आएका छन् । 

कार्यक्रममा समाजसेवी हरिश खड्का, प्रेमबहादुर ठकुल्ला, वि व्य स सदस्यहरू, शिक्षक कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।



Share Your Thoughts