मंसिरभित्र संघ र प्रदेशको चुनाव हुन्छ स् प्रचण्ड


अगर बत्ती

Dharana    

access_time 14 Jun 2022

माओवादी अध्यक्ष प्रचण्डले आगामी मंसिरभित्र प्रदेश र संघको चुनाव हुने बताएका छन् । मंसिरभित्र निर्वाचन सम्पन्न गर्न सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग पनि सहमति भइसकेको उनले बताए । कार्यकर्ता प्रशिक्षणका लागि बारबर्दिया नगरपालिका–११, बेलभार आएका प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुन दलले जिते, हारे भन्दा पनि मुलुकमा संघीयता सुदृढ र मजबुत भएको अर्थमा बुझ्नुपर्ने बताए । ‘संविधान कार्यान्वयन गर्ने क्रममा ०७४ मा स्थानीय तहको पहिलो चुनाव भएको थियो ।

त्यही वर्ष प्रदेश र संघको चुनाव पनि भयो,’ उनले भने, ‘गत ३० वैशाखमा स्थानीय तहको दोस्रो निर्वाचन भयो । यसले मुलुकमा संघीयतालाई सुदृढ र मजबुत बनाएको छ । कसले जिते, कसले हारे भन्नेभन्दा मुलुकका लागि यो महत्वपूर्ण कुरा हो ।’ जनताको निरन्तरको खबरदारीकै कारण संविधान कार्यान्वयन भएको भन्दै उनले जनताको जित भएको भन्दै बधाई ज्ञापन गरे । 

बर्दियामा नेकपा माओवादी केन्द्रको पक्षमा अनपेक्षित चुनावी परिणाम आएको बताउँदै त्यसैको समीक्षा गर्न बर्दिया आइपुगेको अध्यक्ष प्रचण्डले बताए । 




Share Your Thoughts