तौलिहवामा वृक्षा रोपण सम्पन्न


अगर बत्ती

Dharana    

access_time 13 Jun 2022

तौलिहवा   जिल्लाको कपिलवस्तु नगरपालिका तौलिहवामा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ।   महुली लघुवित्त वित्तीय संस्था लिमिटेड तौलिहवा को औ बार्षिक उत्सवको अवसरमा  श्री रत्न राज्य लक्ष्मी मा.वि. तौलिहवा  मा वृक्ष रोपण गरी  बार्षिक उत्सव मनाईएको छ। 

 महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख लाल किशोर मंडलको अध्यक्षता, कपिलवस्तु नगरपालिका का मेयर सुदिप पौडेलको  प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय एस.पी दानबहादुर कार्की, शिक्षा विकास तथा समन्वय इकाईका चोपलाल बेल्वासे, कृषि ग्यान केन्द्रका लवकुश प्रसाद कुर्मी, डिभिजन वन कार्यालय का खिल बहादुर तामाङ, क.न.पा वार्ड न.१ का वार्ड अध्यक्ष जाहिद अलि खाँ, पत्रकार महासंघ अध्यक्ष किरनमान बज्राचार्य उधोग वाणिज्य संघ का चन्द्र शेखर गुप्ता, श्री रत्न राज्य लक्ष्मी मा. वि.का‌ प्र.अ. दिवाकर प्रसाद चौधरी, तथ्याङ्क कार्यालय, तिलौराकोट युवा क्लब, स्थानीय,सरोकारवाला, लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका अध्यक्ष लाल किशोर मंडलले बढ्दो जनसंख्या बृद्धि ले मासिदै गएको वनजङ्गलको प्रत्यक्ष असर मानव जिवनमा पर्ने हुँदा यसको उचित संरक्षण गर्नु पर्ने मा जोड दिनुभको थियो। करिव करिव ५० जनाको उपस्थिति रहेको सो कार्यक्रममा ५० वटा वृक्ष रोपण गरिएको थियो भने  वृक्ष संरक्षणका लागि तारवार पनि गरिएको थियो। -बबिता गिरी 



Share Your Thoughts