ग्रीष्मकालीन कवि गोष्ठीमा डायस्पोरा, प्रकृति र राष्ट्रियता


अगर बत्ती

Dharana    

access_time 12 Jun 2022

काठमाडौँ । ह्वाइट लोटस बुक सपका आयोजनामा ललितपुर कुपण्डोलमा आयोजित ग्रीष्मकालीन कवि गोष्ठीमा शैलेन्द्र साकार, युयुत्सु आरडी शर्मा, श्याम रिमाल र महेन्द्र शाहीले आआफ्ना नयाँ काव्यकृतिबाट कविता वाचन गर्नुभएको छ । 

पुस्तक हस्ताक्षरसहित भएको कार्यक्रममा साकारले ‘अरू सात समुद्र’, शर्माले ‘पानाहरू खाली छन्’, रिमालले ‘नदी बग्दैन’ तथा शाहीले ‘स्वःको खोजीमा’ र ‘निर्वासित मन र बसाइँ सर्ने चराहरू’ शीर्षक काव्यका डायस्पोराका पीडा, प्रकृति, राष्ट्रिय एकता लगायत विषय कविता वाचन गर्नुभयो ।

त्यस्तै धीर कुमार श्रेष्ठ, धर्तीचन्द्र यात्री, भुवन सिवाकोटी र अमर आकाशले राष्ट्रियता, हाम्रो आलस्यता, प्रकृति र पुरानो र नयाँ पुस्ताबिचको संवाद लगायत विषयमा कविता प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा विश्व निकेतन माविका पूर्व शिक्षक प्रदीपकुमार भण्डारीले आफ्नो राणाकालीन र शिक्षण क्षेत्रका स्मृति विषयमा छिट्टै संस्मरणात्मक कृति प्रकाशनमा ल्याइने जानकारी दिनुभयो भने पत्रकार तीर्थ भट्टराईले साहित्यिक अनुवाद र नन्दऋषि न्यौपानेले पर्यटन, पत्रकारिता र साहित्यबारे आआफ्ना विचार राख्नुभएको थियो । रासस



Share Your Thoughts