काठमाडाैं । शिव शाही संगीत क्षेत्रमा २०५० सालदेखि निरन्तर रुपमा लागिरहेका छन् वहाँ संगीतमा लागेको सानै देखि हो । वहाको बुवा स्व. इश्वर शाहीले छोराको लगाव संगितमा भिजेको हुनाले वहालाई वाण्ड बाजा वजाउने तरिका सिकाउनु भयो ।
वहाँहरुको आफ्नै बाण्ड वाजा गु्रप पनि थियो भने यस संगीत क्षेत्रमा दो–याउने वहाँकै बुवा स्व. इश्वर शाही हुन । वहा संगितकार मात्र होइन वहा गायक पनि हुनुहुन्छ भन्ने प्रमाण नेपाली गितमा पहिलो गित रिकर्ड तिमि भन्छौ तिमिलाई भुलिदेउ भन्ने गीत २०५४ सालतिर गाउनु भएको थियो भने नेपालभाषामा चायेक मचायेकमा पनि स्वर दिनु भएको थियो र नेपाल भाषामा चर्चित गित ह्यागु सिन्ह निभाले तल्केजुमा वहाको संगित सुन्न सक्नुहुन्छ साथै विभिन्न खल पुचमा पनि आबद्ध हुनुहुन्छ ।
वहाँ आफ्नै बुवाको प्रेरणा र घरको पारिवारिक वातावरण र दाजुहरुको हौसलावाट यस क्षेत्रमा रमाइरहेका छन् भने अहिले नयां नयां प्रविधिको बिकासले गर्दा अग्रज संगितकार बुद्ध साय्मीकहाँ गइ सल्लाह सुझावलिइ संगीतमा अगाडि वढ्नमा हसौला दिने साय्मीलाई वहा आफ्नो संगितको अभिभावक मान्नुहुन्छ ।
शाहिको आफ्नै घरमा सानो शिब मिनी रिर्कर्डिङ्ग स्टुडियो मार्फत आजकाल गित रिकर्ड गर्ने र संगित भर्ने कार्य गर्दे हुनुहुन्छ ।
अहिले तत्काल नेपाल भाषाको तिन वटा गित तिर्थमान महर्जनको रचना मध्येमा पनि पुरुष द्धैत गित जित स्वया व मिसां भन्ने मानीक शाही, इलिसा महर्जन र स्वयं आफ्नै संगीत र स्वरमा रिकर्ड मार्फत विमोचन गर्ने तरखरमा हुनुहुन्छ ।
वहाँको गित संगित अहिले रेडियो टि.भिमा पनि हेर्न र सुन्न सकिन्छ । हाल वहाँले निशुल्क रुपमा आफ्नै घर कमलाक्षी सेतो गणेश मन्दिर अगाडीको भित्र पट्टी बाँसुरी सिक्न चाहनेहरुको लागी बासुरी सिकाउदै हुनुहुन्छ र विभिन्न भजन खल पुचः, संस्थामा आवद्ध भइ सागीतिक कार्यक्रममा पनि सामेल भई सबैलाई हौसला प्रदान गर्ने वहाको मिलनसार बानीले गर्दा वहासंग काम गर्न जो कोहीपनि नजिक बन्नुहुन्छ ।