अंग्रेजी माध्यमबाट अध्यापन हुने सामुदायिक विद्यालयलाई सहयाेग शुल्क उठाउन दिने उच्च अदालतकाे निर्णय


अगर बत्ती

Dharana    

access_time 08 Jun 2022

विराटनगर । विराटनगरस्थित उच्च अदालतले अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयलाई सहयोग शुल्क उठाउन दिने निर्णय गरेको छ। 

अदालतका सूचना अधिकारी ओम सुवेदीले कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र मिलनकुमार राईको इजलासले नियमावली बनाएर चन्दा वा सहयोग रकम संकलन गर्न आदेश दिएको जानकारी गराए।   

यस आदेशसँगै अब सामुदायिक विद्यालयले संकलन गर्दै आएको चन्दालाई कार्यविधि बनाएर काम गर्न निर्देशात्मक आदेश दिएको उनले जानकारी दिए।  अर्कोतर्फ, अभिभावक संघ प्रदेश १ ले, अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग विद्यालयले मासिक रूपमा संकलन गर्दै आएको रकम रोक्न माग गर्दै उच्चमा रिट दायर गरेको थियो। 

 रिटपछि अदालतले अंग्रेजी माध्यममा अध्यापन गराइरहेका मोरङका सुकुना, साजिलाल, राधिका र आदर्श माध्यमिक विद्यालयको अध्ययन गरेको थियो।  सो अवसरमा सामुदायिक विद्यालयले अभिभावकबाट चन्दास्वरूप रकम संकलन गरेको भेटेको थियो। ती विद्यालयले प्रति विद्यार्थीबाट वार्षिक रूपमा १० हजारदेखि २६ हजारसम्म रकम संकलन गरेको भेटिएको हाे।



Share Your Thoughts