जलमा हलचल सूक्ष्मको–कृष्ण पहाडीको कविता संग्रह प्रकाशित


अगर बत्ती

Dharana    

access_time 07 Jun 2022

काठमाडाैं । मानव अधिकार  तथा शान्ति समाजले समाजका संस्थापक सभापति कृष्ण पहाडीको कविता संग्रह “जलमा हलचल सूक्ष्मको” प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पना अनुसार जगत्मुखी जीवनमुखी र सेवामुखी उद्देश्यले स्वयंसेवी तवरमा मानव अधिकार तथा शान्ति समाज क्रियाशील छ भने पहाडीका कविताहरु पनि जगत्मुखी जीवनमुखी सेवामुखी चेतले निर्दिष्ट छन् । संस्थापक सभापति पहाडीको यो ३० औँ पुस्तक हो । ६२ वटा कविता रहेको यस संग्रहमा समाविष्ट कुनै कविता ब्रम्हाण्डको बारेमा त कुनै अन्तरिक्ष कुनै तारा र ग्रहहरुको बारेमा छन् ।

कुनै कविता मृत्युकालिन अवस्थाको बारेमा छ, कुनैमा मृत्युपश्चातको कल्पनातित अनुभुति चित्रित छ । कहि अनन्तको बारेमा त कहि अन्त्यको बारेमा केन्द्रीत कविता पनि छन् । अधिकांश कविता जीव, जगत र प्रकृतिको अन्तरसम्बन्धबारे छन् । कुनै कविताहरु विज्ञानका बारेमा छन्, कुनै गहिरो ज्ञानका बारेमा छन् । समग्रमा भन्नुपर्दा संस्थापक सभापति पहाडीद्वारा लिखित यो कविता संग्रह पृथक छ ।

सायद त्यसैले स्रष्टा पहाडीले यो कृतिलाई दोस्रो पारीको पहिलो पुस्तक बताउनुभएको छ । शान्ति समाजका दुई जना सदस्य÷शुभचिन्तकको सहयोगमा प्रकाशित यो पुस्तकको मुल्य रु. २०० रहेको छ भने पुस्तक विक्रिबाट हुने सम्पूर्ण आम्दानी मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन खरिद÷निर्माणमा लगाइने छ ।



Share Your Thoughts