५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप चाँडै दिने तयारी


अगर बत्ती

Dharana    

access_time 27 May 2022

काठमाडौँ – सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोप दिइने भएको छ।

अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले बताए।

असारभित्रमा कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेकाे उनले जानकारी दिए।

उनले भने, ‘खोप जुनमा नेपाल आइपुग्ने भनिएको छ। खोप आएको केही दिन भित्रमै बालबालिकालाई खोपको पहिलो मात्रा लगाउन सुरु गर्ने तयारी गरिएको छ।’

चौरसियाका अनुसार खोप दुई लटमा नेपाल भित्रिने छ।

उनले भने, ‘पहिलो लटमा १० देखि १५ लाख खोप आउँछ। त्यसपछि दोस्रो लटमा बाँकी खोप आउने छ। त्यो भन्दा बढी भण्डारण गर्नका लागि हामीसँग कोल्ड चेन नभएका कारण खोप लट–लटमा आउने छ।’

दुई मात्रा लगाउनु पर्ने फाइजर खोप बालबालिकालाई पहिलो मात्रा लगाउन तयारी भइरहेको उनले बताए। नेपालमा पाँच वर्षदेखि एघार वर्षसम्मको संख्या करिब ३५ लाख छ।



Share Your Thoughts