धम्की दिएर सात करोड रुपैयाँ माग्ने ६ पत्रकारसहित सातजना पक्राउ


अगर बत्ती

Dharana    

access_time 27 May 2022

काठमाडौँ- धम्की दिएर सात करोड रुपैयाँ उठाउन खोजेको आरोपमा प्रहरीले ६ जना पत्रकारसहित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ६ जना पत्रकार रहेको र बाँकी एक जना मात्रै अन्य व्यक्ति रहेको प्रहरीले जनाएको छ।

योजनावद्ध रुपमा पटक–पटक फोन र प्रत्यक्ष भेटेर ७ करोड रुपैयाँ माग गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा-१० घर भएका २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नीत्रिवेणी-८ का २९ वर्षीय टेक विक, काभ्रेपलान्चोकको तिमाल-३ का ३३ वर्षीय उमेश भण्डारी, बझाङको खप्तडछान्ना-७ का धर्मराज थापा, गुल्मीको धुरकोट-२ का २९ वर्षीय बसन्ता खनाल, चितवनको भरतपुर-११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगलका ३३ वर्षीय श्रवण कार्की रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भण्डारी बाहेक सबै पत्रकार हुन्।


Share Your Thoughts