काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बसेर सम्बोधन गरेका छन्। स्वास्थ्य समस्याका कारण उनले रोष्टममा कुर्सीमा बसेर सम्बोधन गरेका हुन्।
उनले सभामुख अग्निप्रसाद सापकोटासँग बसेर बोल्न अनुमति मागेर सम्बोधन सुरु गरेका हुन् । ओलीले बिहान सवा ११ बजेदेखि सम्बोधन गरिरहेका छन् ।
ओली नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सूक्ष्म ढंगले केस्रा केस्रा केलाएर संसदमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिइएको थियो ।