काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १६ जना निको भएका छन् ।
यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ९९१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५२ जनाको ज्यान गुमाइसकेका छन् । नेपालमा अहिले १३३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । बितेको २४ घण्टाका ३१ हजार ३८८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।