एन्फा अध्यक्षमा फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष रहेका राजीव पाैड्यालकाे पनि उम्मेदवारी


अगर बत्ती

Dharana    

access_time 23 May 2022

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) काे अध्यक्षमा राजीव राज पाैड्यालले पनि उम्मेदवारी घाेषणा गरेका छन् ।  फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष रहेका राजीवले साेमबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एन्फा अध्यक्षमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले मनोनयन दर्ता गराइरहेका छन् ।  पौड्यालले भने मंगलबार उम्मेदवारी दर्ता गराउने बताएका छन् । 

पाैड्यालले उम्मेदवारी घाेषणा गर्दै एन्फामा लामाे समयदेखि उस्तै काम भइरहेकाे र मुख्य कुरा सुशासन हुनुपर्ने बताए ।  उनले सुशासन, ग्रासरुट, युवा तथा महिला फुटबल, खेल पूर्वाधार र क्षमता निर्माण, प्रतियाेगिता र राष्ट्रिय टिम तथा स्टेक हाेल्डर गरी पाँच मुख्य प्राथमिकता रहेकाे बताए ।  उनले सन् २०२४ सम्म नेपालकाे महिला र पुरुष फुटबल टिमलाई दक्षिण एसियाकाे नम्बर एक टाेली बनाउने लक्ष्य रहेकाे बताए ।



Share Your Thoughts