अवैध रुपमा भारततर्फ लैजाँदै गरेको लाटोकोसेरो चरा सहित दुई जना पक्राउ


अगर बत्ती

Dharana    

access_time 23 May 2022

पर्सा ।  जेठ छिपहरमाई गाउँपालिका-१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी-१ ठेगाना भएका ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी-३ ठेगाना भएका ३५ वर्षीय शेख अनवर रहेका छन् ।

उक्त स्थानमा अवैधरूपमा वन्यपशुपन्क्षी लाटोकोसेरो चरा (उल्लू) १ वटा नेपालबाट भारततर्फ लाँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट  2  खटिएको प्रहरीले उनीहरूलाई उक्त पन्क्षी लिई भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन सम्बन्धी कसूर मुद्दामा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको छ ।



Share Your Thoughts