नेवाः विध्यार्थी युनियनद्धारा कीर्तिपुरका नवनिर्वाचित मेयर, उपमेयरलाई शुभकामना


अगर बत्ती

Dharana    

access_time 23 May 2022

काठमाडाैं । नेवाः  विध्यार्थी  युनियनले कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई  शुभकामना व्यक्त गरेका छन् ।

नेवाः  विध्यार्थी  युनियनका अध्यक्ष रीदेन महर्जन, सचिव प्रशान्त डंगोल, सदस्यहरु मनिष मानव, बिक्किराज महर्जन, रुपा शाही तथा  रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषा शिक्षक प्रो.डा. चन्द्रमान बर्जाचार्यले सामुहिकमा कीर्तिपुर नगरपालिकामा  नवनिर्वाचित मेयर राजकुमार नकर्मी  उपमेयर शुभ लक्ष्मी शाक्य (सुनिता)लाई भेटेर पाँच बर्षे कार्यकाल सफलताकाे शुभकामना तथा बढाई दिएका थिए । 

 नेवाः विध्यार्थी युनियनका रीदेन महर्जनले नवनिवार्चित मेयर उपमेयरलाई नेपालभाषा अभियानका बारेमा अवगत गराउँदै नेपालभाषा विषय अध्यापनमा अझै पनि चुनाैति व अवसर रहेकाे जनाउँदै स्थानीय सरकारले नेपाल भाषा संरक्षण सम्बद्वनमा याेगदान दिनु पर्नेमा जाेड दिएका थिए । 

नेवाः विध्यार्थी युनियनकै सकृयतामा हटाइ सकेकाे  बि.ए. तहमा नेपाल भाषा विषय पुर्नस्थापना तथा एम. ए. तहमा गत बर्ष कार्तिक महिना देखि नेपाल भाषा रत्नराज्य लक्ष्मी क्याम्पस स्थापना गरी सञ्चालन गर्न सफल भएकाे थियाे । 




Share Your Thoughts