स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ।
आइतबार बिहान ४ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर र ६ उपमहानगरसहित ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
५ महानगर र ५ उपमहानगरसहित ५८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ।
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ।
नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।
विराटनगर महानगरपालिकाको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेसले बाजी मारेको छ।
६ उपमहानगरमध्ये नेपाली कांग्रेस र नेकपा एमाले २-२, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १-१ पालिकामा जित निकालेका छन्।
कसले कहाँ जिते
जितपुर सिमरा उपमहानगरपालिका
कलैया उपमहानगरपालिका
घोराही उपमहानगरपालिका
नेपालगंज उपमहानगरपालिका
हेटौंडा उपमहानगरपालिका
बुटवल उपमहानगरपालिका