भारतीय अदालतले हत्या मामिलामा पूर्व क्रिकेटर नवजोतसिंह सिद्धुलाई जेल सजाय


अगर बत्ती

Dharana    

access_time 19 May 2022

एजेन्सी । पूर्व भारतीय क्रिकेटर नवजोतसिंह सिद्धुलाई भारतको सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ ।  सिद्धुलाई बिहिबार भारतीय सर्वाेच्च अदालतले हत्या मामिलामा आफ्नै पूर्व आदेश उल्ट्याउँदै एक वर्षको जेल सजया सुनाएको हो ।     उक्त समयमा सिद्धुले ६५ वर्षिय गुरमातलाई उनको गाडीबाट बाहिर झिकेर मुक्का प्रहर गरेर लडाएका थिए । त्यसपछि उपचारका क्रममा गुरमातको मृत्यु भएको थियो । 

अदालतले सन् १९८८ मा गुरमात सिंहको मृत्युको मुद्दालाई पुनः समिक्षा गर्दै सिद्धुको संलग्नता रहेको जनाउँदै फैसला गरेको हो ।  अदालतले सन् २०१८ मा सिद्धुलाई तीन वर्षको जेल सजया घटाएर एक हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर बिहिबार न्यायाधिशद्वय एएम खानविलकर र सञ्जय किशनको संयुक्र इजलासले सिद्धुलाई जेल चलानको फैसला सुनाए ।  अदालतले सिद्धुको सजायको मामिलामा परेको पुनरावेदनलाई अनुमति दिदै मुद्दाको समिक्षा गरेको हो ।



Share Your Thoughts