वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा विशेषज्ञ


अगर बत्ती

Dharana    

access_time 16 May 2022

काठमाडाैं ।  वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् ।

उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ । योसँगै वरिष्ठ अर्थाेपेडिक सर्जन डा. यादवको विशेषज्ञ सेवा अब नर्भिक अस्पतालमा समेत उपलब्ध हुनेछ । 

डा. यादव देशकै चर्चित अर्थोपेडिक सर्जनमध्येका एक हुन् । खेल चिकित्सा, ट्रमा, जोइन्ट रिप्लेसमेन्ट, बालरोग, मेरुदण्ड, काँध, कुहिनो, खुट्टा, हात, घूँडा लगायतमा हुने समस्या तथा तिनको सर्जरीबाट गरिने उपचार विधिमा उनको विशेष दक्षता रहेको छ ।



Share Your Thoughts