मण्डला थिएटरमा “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” संग्रह सार्वजनिक


अगर बत्ती

Dharana    

access_time 16 May 2022

काठमाडौं  ।  दीपा राई पुनको कविता संग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” शनिबार मण्डला थिएटरमा सार्वजनिक भएको छ । कवि तुलसी दिवस, विप्लव प्रतीक, खगेन्द्र लुईंटेल, प्रगति राई, स्रष्टा स्वयम् तथा स्रष्टाकी आमा विमला राईले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे ।   

सो अवसरमा कवि दिवसले आफूलाई दीपाका बान्की परेका कविता पढ्दा ईर्ष्या महसुस भएको बताए । पुस्तक प्रकाशक ‘वी रिड’ की प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले आफ्नो प्रकाशन सँस्था कथालयबाट बालबालिकाका लागि मात्र नभई अन्य विधामा पनि पुस्तक प्रकाशन गरिरहेको जनाइन् ।   

कार्यक्रममा स्रष्टा राई पुनले लोकार्पित पुस्तकबाट छ वटा कविता वाचन गरेकी थिइन् । 



Share Your Thoughts