घूस दिन खोज्दा प्रहरीको फन्दामा


अगर बत्ती

Dharana    

access_time 16 Apr 2022

काठमाण्डौ / एक सय रुपियाँ घूस दिन खोज्दा एकजना प्रहरीको फन्दामा परेका छन् । नयाँबर्षको तेस्रो दिन बैशाख ३ गते बेलुकी ६।३० बजेतिर ल.पु. नख्खु दोबाटोमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी वृत्त जाउलाखेलका प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक मिलन सिंहले सवारि चेकजाँच गर्ने क्रममा वा ४ ख ९३८ न को भाडा ट्रकका चालक नुवाकोट  त्रिसूली घर भई हाल काठमाडौं गोलढुंगा बस्ने  सिर्जन   श्रेष्ठ नाम गरेका ब्यक्ति पक्राउ परेका छन् । 

ती चालकले ट्राफिक नियम उल्लघन गरे बापत ट्राफिकले कारबाही गर्न खोज्दा सवारि इजाजतपत्र भित्र नगद रु एक सयको नोट राखेर दिइ प्रलोभमनमा पार्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 चालक र सवारी साधन आवश्यक कारवाहीको लागि प्रहरी परिसर ललितपुरमा पठाइएको थाहा भएको छ ।



Share Your Thoughts