नयाँ बर्षकाे पहिलाे दिन काेराेना संक्रमित चार जना थपिए


अगर बत्ती

Dharana    

access_time 14 Apr 2022

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार २६२ जनाको पिसिआर र १ हजार ८० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  अहिले देशभर ४ सय ७९ जना सक्रिय संक्रमित छन्। ५४ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।



Share Your Thoughts