आज २२ जना कोरोना संक्रमित थपिदा ४६ जना मुक्त


अगर बत्ती

Dharana    

access_time 11 Apr 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५,१४४ नमुना परीक्षणमा २२ जनामात्रै कोरोना संक्रमित थपिएका हुन् ।  आज थपिएका २२ जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५९३ पुगेको छ ।

साथै आज निको भएका २२ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ७४ पुगेको छ ।  नेपालमा हाल ५६८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ५४४ जना होमआइसोलेशन र २४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ११ जना आइसीयु र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।  नेपालमा हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।  पछिल्लो. २४ घण्टामा १५,३५५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



Share Your Thoughts