कोरोना संक्रमित १२ जनामा संक्रमण पुष्टि हुँदा ४८ जना संक्रमण मुक्त


अगर बत्ती

Dharana    

access_time 10 Apr 2022

काठमाडौं ।  नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।     

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर २ हजार ७४० नमूनाको परीक्षण हुँदा आइतबार १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।   गत २४ घण्टामा १ हजार ८०० जनाको पीसीआर र ९४० जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।     

पीसीआर परीक्षणबाट ३ जना र एन्टिजेन परीक्षणबाट १ जनामा जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।   गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ।     

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ४८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ५९२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।



Share Your Thoughts