“२८ ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान”


अगर बत्ती

Dharana    

access_time 08 Apr 2022

ट्राफिक समाचार चैत्र २५, काठमाडौँ ।  काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएको २८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

एसएसपी जोशीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताउनुभयो । थपिएको नयाँ दर्जामा पदोन्नति हुनुभएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिनुभयो ।  दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 



Share Your Thoughts