एकैदिन काेराेना संक्रमित ११ जना थपिदा ८९ सङ्क्रमण मुक्त


अगर बत्ती

Dharana    

access_time 08 Apr 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय २८ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  त्यस्तै, १६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

साथै पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।  २४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६९ जना रहेका छन् । २४ घण्टामा २६ हजार ४५ जनाले खोप लगाएका छन् ।



Share Your Thoughts