२४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि


अगर बत्ती

Dharana    

access_time 05 Apr 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

त्यस्तै, मन्त्रालयका अनुसार २३ जना नौ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमित पुष्टि भएको छ । साथै पछिल्लो २४ घण्टामा थप ५१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।  २४ घण्टामा मृत्यु शून्य छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८१२ छ । २४ घण्टामा १७ हजार ७५५ जनाले खोप लगाएका छन् ।



Share Your Thoughts