थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि


अगर बत्ती

Dharana    

access_time 04 Apr 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

  त्यस्तै, मन्त्रालयका अनुसार २१ जना १७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमित पुष्टि भएको छ । साथै पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।  २४ घण्टामा मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८४२ छ । २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका छन्।



Share Your Thoughts