काेराेना संक्रमित ३० जनामा थपिदा ८६ सङ्क्रमण मुक्त


अगर बत्ती

Dharana    

access_time 29 Mar 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चार हजार ३२२ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ११ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरेर पाँच सय ४७१ जनाको परीक्षण गर्दा कुल ४२ जनामा सङ्क्रमण देखिएको छ । 

२४ घण्टामा ८६ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।  अहिले देशभर ११ हजार ९८ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ५० हजार १५१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।



Share Your Thoughts