हुम्ला जिल्ला पनि काेभिड १९ मुक्त


अगर बत्ती

Dharana    

access_time 24 Mar 2022

सिमकोट । तीन महिनायता हुम्ला दोस्रोपटक कोरोना मुक्त जिल्ला भएको छ। एक हप्ता अगाडि श्वासप्रस्वासमा समस्या आएका र रुघाखोकी लागेका बिरामीलाई परीक्षण गर्दा देखिएको कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै हुम्ला कोरोना मुक्त भएको हो। 

स्वास्थ्य सेवा कार्यालयले हुम्ला पुनः कोरोना मुक्त भएको जनाएको छ। चैत २ गते परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको थियो। दुईमध्ये एक जनाको एचडीयुमा उपचार गरिएको थियो। अर्काे एकजना कोरोना संक्रमण भएको थाहा पाएपछि भागेका थिए। 

एचडीयूमा रहेका संक्रमति आइसोलेसन अबधि पूरा भएपछि घर फर्किएका छन्। कार्यालयले तीन महिनाको अन्तरमा हुम्ला दुई पटक कोरोना मुक्त भएको जनाएको छ।  गत माघ २४ गतेदेखि सुरु भएको तेस्रो लहरको कोरोनाबाट हुम्ला मुक्त भएको छ। माघ ९ गते हुम्लामा तेस्रो लहरको पहिलो कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सो अवधिमा १६ जनामा कोरोना देखिएको थियो। गत असोजपछि माघ ९ गतेसम्म जिल्लामा कोरोना शून्य रहेको थियो। 

कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको थियो। तीन जनालाई हेलिकोप्टरमार्फत जिल्ला बाहिर उपचारका लागि रिफर गरिएको थियो। सो अवधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो। पहिलो चरणमा भने ८५ जनामा कोरोना संक्रमण देखिएको थियो।



Share Your Thoughts