“प्रहरी बरिष्ठ उपरिक्षक उमेश राज जोशीबाट नागरिकमैत्री व्यवहार तालिम उद्‍घाटन”


अगर बत्ती

Dharana    

access_time 20 Mar 2022

  ट्राफिक समाचार चैत्र ०६, काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित ‘नागरिक मैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आज आइतबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त अनुशिक्षण तालिमको उद्‍घाटन गर्नुभएको हो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नागरिकहरूसँग गर्ने व्यवहारमा थप सुधार हुने उल्लेख गर्नुभयो । उहाँले ट्राफिक प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी सङ्गठनकै छवि उच्च हुने भएकाले आम नागरिकलाई गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी ट्राफिक प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । आगामी दिनमा प्रहरी कर्मचारीहरुबाट सडक र कार्यालयमा आउने सेवाग्राहीसंग गरिने आचरण, व्यबहारलाई थप शिष्ट, सभ्य र मर्यादित बनाई  सेवा प्रवाहलाई पारदर्शी, सरल, सहज एवं प्रभावकारी हुने कुरा समेत बताउनुभयो ।

जम्मा ५ दिन कार्यअवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २८ जना गरी कुल ३५ (८ महिला सहित) जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको महाशाखाले जनाएको छ । उक्त तालिममा नागरिक मैत्री व्यवहार, सामाजिक समावेशीकरण, लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृत्ति, परम्परा, भाषा तथा प्रचलनको सम्मान सहितको प्रहरी कार्य आदि विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।



Share Your Thoughts