“प्रहरी बरिष्ठ उपरिक्षक उमेश राज जोशीबाट ट्राफिक नियन्त्रण तालिम उद्‍घाटन”


अगर बत्ती

Dharana    

access_time 14 Mar 2022

 काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा १४३ औं  समूहको प्र.ह.रप्र.ज.ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा,  रामशाहपथमा आज आइतबार एक कार्यक्रमका वीच उद्घाटन भएको छ ।

महाशाखाका  प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त तालिमको उद्‍घाटन गरेका हुन् ।  उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले फौजी संगठनमा विशेष  महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण  भूमिका खेल्नुका साथै व्यक्तित्व बिकासमा समेत सघाउ पुर्‍याउने उल्लेख गर्नुभयो ।

ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष  खालका समस्याहरुलाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग  भएका मानविय तथा भौतिक श्रोत साधनहरुको उच्चतम प्रयोग गरि सडक  प्रयोगकर्ताहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा यस  तालिमले सहजता ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रशिक्षार्थीहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त  गरिसकेको चर्चा गर्नुहुँदै तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि  अध्ययनशिल र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट  बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास पनि व्यक्त गर्नुभयो ।   

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले तालिम  सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी  हवल्दार २ जना र प्रहरी जवान ७५ जना गरी कुल ७७ ९१२ महिला सहित० जना  प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

उक्त तालिममा ट्राफिक व्यवस्थापनका विविध विषयका स्रोत व्यक्ति तथा विषय  विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय  ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा  महानट्राफिक महाशाखा तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी  अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।



Share Your Thoughts