प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ


अगर बत्ती

Dharana    

access_time 09 Mar 2022

 भक्तपुर । सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई ट्राफिक प्रहरी कार्यालय सल्लाघारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा प्रहरीमाथि नै हातपात गरेपछि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Share Your Thoughts