थप ९१ जनामा कोरोना संक्रमण, मृत्यु शून्य


अगर बत्ती

Dharana    

access_time 06 Mar 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। कोरोनाबाट हालसम्म ११ हजार ९४५ जनाले ज्यान गुमाएका छन्।

शनिबार ३६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा २ हजार ६६२ पीसीआर तथा २ हजार ५५८ एन्टिजेन परीक्षण भएको छ।



Share Your Thoughts