एकैदिन ७० जना काेराेना संक्रमित थपिदा तीनको मृत्यु


अगर बत्ती

Dharana    

access_time 03 Mar 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  सोही अवधिमा दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ

।  मन्त्रालयका अनुसार चार हजार ९२४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल सात हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् ।



Share Your Thoughts