५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई चैतमा कोरोना बिरुद्ध खोप : मन्त्री खतिवडा


अगर बत्ती

Dharana    

access_time 03 Mar 2022

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप लगाउन बञ्चित रहेका पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई सरकारले चैतदेखि खोप लगाउने बताएका छन्।

काठमाडौँमा बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तर्क्रियामा मन्त्री खतिवडाले चैतदेखि वैशाखसम्म खोप लगाउन बञ्चित ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने बताएका छन्।

 

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन, नेपालका प्रमुख डा.राजेश पाण्डवले कोभिड-१९ले मानिसलाई जीवन परिवर्तन गर्नसक्ने धेरै पाठ सिकाएको बताए। कोभिडबाट सिकेका पाठहरु ग्रहण गर्न  उनले सबैसँग आग्रह पनि गरेका छन्।

यसअघि कर्णाली र सुदूरपश्चिमका प्रदेशसभाका सदस्यलाई पनि कोभिड–१९ र यसले पारेको प्रभावबारे मन्त्रालय तथा डब्लुएचओले प्रशिक्षण दिएको थियो । माथिल्लो सदनका सांसदहरूसँगको छलफल बैठक पनि सकिएको छ।



Share Your Thoughts